दफा
हुलाक महसुल र अरु दस्तुरको भुक्तानी सम्बन्धी नियमहरु बनाउने अधिकार
: नेपाल सरकारले नियमहरु बनाई देहायका कुराहरुको व्यवस्था गर्न सक्नेछ ।
(क) केकस्तो आन्तरिक हुलाक वस्तुहरुमा अगावै हुलाक महसुल तिर्नु पर्ने र त्यसको तरिका बारे,
(ख) हुलाक महसुल अगावै नतिरेको वा नपुग गरी तिरेकोमा लाग्ने थप हुलाक महसुल,
(ग) हुलाक वस्तुहरु पठाउने कहाँ फिर्ता पठाउने र सो वापत लाग्ने थप दस्तुर,
(घ) हुलाक वस्तुहरु विशेष डाँकद्वारा पठाउँदा लाग्ने थप दस्तुर र
(ङ) हुलाक वस्तुहरु निर्धारित समय नघाई वा सार्वजनिक विदाको दिन हुलाकबाट पठाउन लाग्ने विशेष दस्तुर ।
स्पष्टीकरणः विशेष डाँक भन्नाले विशेष हुलाकी वा विशेष सवारीबाट पठाइने डाँक सम्झनुपर्छ ।